शुक्रबार बिहान एसिड प्रहारबाट घाईते भएकी वीरगन्जकी बालिकाको उपचारका लागि पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले ५० हजार सहयोग उपलब्ध गराएका छन्।
घाईते बालिकालाई तत्कालका लागि भन्दै सांसद यादवले सो रकम दिएका हुन्।
बालिकाको उपचारमा संलग्न चिकित्सकलाई उपचारमा कुनै कमी नराख्नसमेत उनले निर्देशन दिएका छन्।
वीरगन्ज छपकैयाकी १५ वर्षिय मुस्लिम छात्रा मुस्कान खातुनलाई गाउँकै स्थानीय दुई युवाले एसिड प्रहार गरी गम्भीर घाइते बनाएका छन्।
गम्भीर घाइते खातुनको विरगन्जस्थित नारायणी उप क्षेत्रिय अस्पतालमा उपचार भइरहेको छ।
मुस्कानलाई एसिड प्रहार गर्ने स्थानीय गाउँकै १६ वर्षिय मजिद आलम र १७ वर्षिय नसाद आलमलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।