कन्टेनर चालकमाथि प्रहरीद्वारा कुटपिट, घटना अनुसन्धान गर्न छानविन समिति गठन

रसुवाको टिमुरेमा कन्टेनर चालकमाथि प्रहरीबाट भएको कुटपिटका बारेमा चौतर्फी बिरोध हुन थालेपछि प्रहरीले घटनाको अनुन्धान गर्न छानबिन समिति गठन गरेको छ।

जिल्ला न्यायाधिवक्ता बाबुराम भट्टराईको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरिएको प्रहरीले जनाएको छ।

समितिमा सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भट्टराई, प्रहरी नायव निरीक्षक गोकर्ण थापा, व्यवसायी प्रतिनिधि कामी नुर्पु तामाङ र गोसाइकुण्ड नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष दावादोर्जे तामाङ सदस्य रहेका छन्।

समितिले सत्यतथ्य घटनाको बिवरण १५ दिनभित्र बुझाउने बताइएको छ।

प्रकाशित मिति: : 2019-09-04 18:03:37

प्रतिकृया दिनुहोस्