उडानकै क्रममा इन्जिन फेल भएको सीता एयर दुर्घटनाबाट जोगियो

उडानकै क्रममा इन्जिन फेल भएपनि सीता एयरको ड्रोनियर जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ। 

लुक्लाबाट बिहान काठमाडौं आउने क्रममा सीता एयरको एन–एजेएच कलसाइन भएको विमानको एउटा इन्जिन आकाशमै फेल भएको थियो।

प्राविधिक कठिनाईका बीच पनि विमानले ८ बजेर ५१ मिनेटमा काठमाडौंमा अवतरण गरेको सीता एयरका कार्यालय प्रमुख राजकुमार क्षेत्रीले बिएल नेपाली सेवालाई जानकारी दिए।

उनले अनुभवी पाइलट भरत थापाका कारण दुर्घटना नभएको बताए। लुक्लाबाट आएको जहाजमा चालक दलका सदस्य मात्र रहेको बताइएको छ। 

याे पनि हेर्नुहाेस।

मृगौला प्रत्यारोपण गरेका धुव्र विक्रम जसले विश्व कीर्तिमानी खेलाडी जन्माए (भिडियो रिपोर्ट)

प्रकाशित मिति: : 2019-09-04 13:57:07

प्रतिकृया दिनुहोस्