कर्णाली प्रदेशका निलम्बित भौतिक पूर्वाधार विकासमन्त्री खडकबहादुर खत्री अदालत उपस्थित भएका छन्।
गत साउन २७ गते तीन दिनभित्र अदालत उपस्थित हुन आदेश जारी भएपछि फरार भएका मन्त्री खत्री बुधबार उच्च अदालत पाटनमा हाजिर भएका हुन्। तत्कालीन मन्त्री खत्रीलाई उच्चले पक्राउ गरी पेश गर्न आदेश गरेपछि उनको मन्त्री पद गएको थियो।
खत्रीसहित ५ जनाले १ करोड १० लाख ८० हजार रुपैयाँ रकमको कीर्ते बैंक ग्यारेन्टी गरेको भन्दै अदालतले उनलाई पक्राउ गर्न आदेश दिएको हो।
खत्री सुर्खेत क्षेत्र नम्बर १ ‘ख’ निर्वाचन क्षेत्रमा तत्कालीन नेकपा एमालेबाट प्रदेशसभा सांसदका रुपमा विजयी भएका थिए।