यूएनको गाडी लुटेका न्याैपाने ९ वर्षपछि प्रहरी फन्दामा, भाग्न खाेज्दा प्रहरीकाे गाेली

बिएल
डाँका–चाेरी मुद्धामा लामाे समयदेखि फरार नरेन्द्र न्याैपानेलाई नेपालगञ्ज उपमहानगरपालिकाको राँझाचोक नजिकै प्रहरीले गोली हानी नियन्त्रणमा लिएको छ। प्रहरीलाई देखेपछि भाग्न खाेजेका न्यौपानेलाई पक्राउ गर्ने क्रममा खुट्टामा गोली हानिएकाे थियाे।
 
बाँके प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले जनाएअनुसार बाँकेको बैजनाथ गाउँपालिका ४ बानियाँभार घर भएका न्यौपानेको बाँया खुट्टामा गोली लागेको छ। उनको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ।
 
२०६८ सालमा बर्दियाको बाँसगढीमा संयुक्त राष्ट्र संघको गाडीमा हतियार देखाएर लुटपाट गरेको अभियोगमा न्यौपानेलाई जिल्ला अदालत बाँकेले ६ वर्ष कैद र २७ हजार ९ सय रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। तर उनी भाग्न सफल भएका थिए।
याे पनि हेर्नुहाेस।
प्रकाशित मिति: : 2019-09-02 18:34:29

प्रतिकृया दिनुहोस्