मानव बेचबिखन रोक्न सीमामा महिला प्रहरीको दरबन्दी बढाउन माग

तस्बिरः बिमला गुप्ता

भारतसँग जोडिएका नेपालको खुल्ला सीमामा महिला प्रहरीको उपस्थिति कम भएकाले बेचबिखनका पीडित महिलाको उद्दार गर्न समस्या भएको माईती नेपाल पर्साले जनाएको छ।

मानव बेचबिखन विरूद्ध तथा सुरक्षित बसाईसराई सम्बन्धमा सीमा क्षेत्रमा खटिएका प्रहरीसँग माईती नेपालले गरेको अन्तरक्रियामा वीरगन्ज शाखा प्रमुख संगीता पुरीले बेचबिखनमा हुने चुनौतिका बारेमा चर्चा गरेकी थिईन्।

उनले नेपाल प्रहरीको सहयोगमा काम गर्दै आएको समाजिक संस्था माईती नेपाललाई तराईका जिल्लामा चेलीबेटी बेचबिखनमा रोक लगाउन चुनौतिपूर्ण भएको भन्दै सीमा क्षेत्रका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई अझ सक्रियताका साथ सहयोग गरीदिन अनुरोध गरिन्।

पुरूष प्रहरीको कडा स्वभाव हुने गरेकाले बेचबिखनमा पर्न लागेका महिलाहरू खुलेर समस्या नभदिने र कुरा लुकाउने भएकाले उद्दारमा कठिनाई भएको बताइन्।

पर्साका प्रमुख १२ वटा सीमा नाकामध्ये वीरग्न्ज इनर्वा नाकामा २ जना र ठोरी नाकामा १ जना मात्र महिला प्रहरी तैनाथ रहेकाले पीडितको समस्या बुझ्न कठिनाई भएको उनले बताईन्।

दलालहरू महिलाको साथमा नहुँदा पक्राउ गर्न समस्या पर्ने भन्दै  इनर्वा प्रहरी चौकिका ईन्चार्ज सई सुमन सिंहले बढी विवाहिता महिला सीमानाकाबाट उद्दार गरिएकाले पीडित महिलाहरू आफन्तबाटै बेचिने क्रम बढेको बताए। उनले पीडितले अपराधिको परिचय नखुलाएकाले पीडकलाई कारबाही गर्न समस्या भएको बताए।

बेचबिखनमा पर्न लागेका महिलामाथि सीमा क्षेत्रमा हुने सुरूवाति अनुसन्धानमा कुराहरू नखुल्ने तर महिला सेल तथा माईति नेपालका महिलासमक्ष पीडितले समस्या बाहिर ल्याउने भन्दै उनले सीमा क्षेत्रमा खटेका प्रहरीले अरू अपराधिलाई निगरानी गरे झै बेचबिखनमा पर्न लागेका महिलाप्रति चनाखो हुनका लागि सहकार्यका लागि अध्यक्ष पुरीले अनुरोध गरिन्।

प्रकाशित मिति: : 2019-08-29 22:22:07

प्रतिकृया दिनुहोस्