राजधानीमै युवतीमाथि सामुहिक बलात्कार

बिएल

काठमाडौंको कंलकीमा एक युवतीमाथि सामुहिक बलात्कार भएको छ।

१७ वर्षीया एक किशोरी सामूहिक बलात्कारको सिकार भएकी हुन्। घटनामा संलग्न केहीलाई पक्राउ गरेको काठमाडौं प्रहरीले जानकारी दिएको छ।

प्रहरी स्रोतका अनुसार केही दिनअघि कंललीमा एक किशोरीमाथि सामुहिक बलात्कार भएको थियो।

पीडितको उजुरीका आधारमा प्रहरीले अनुसन्धान थालेको र घटनामा संलग्न रहेको आशंकामा केही युवालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2019-08-29 17:04:20

प्रतिकृया दिनुहोस्