पुडासैनी प्रकरणमा तीन जनाकै बयान सकियाे

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा न्यायिक हिरासतमा रहेका कार्यक्रम प्रस्ताेता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की तीनै जनाको बयान सकिएको छ।
 
आइतवार सरकारी वकिल कार्यालयले अदालतमामा मुद्धा दर्ता गराएपछि अस्मिता कार्कीको बयान सकिएको थियो। साेमबार अदालतले रवि लामिछाने र युवराज कँडेलको बयान लिएको हो।
 
सुरुमा कँडेलको बयान लिएको थियो। जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले उनको बयान लिएको थियो। १० दिन थुनामा राखेर प्रहरीले अनुसन्धान पूरा गरी उनीहरुलाई आइतवार जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरेको थियो। बयान सकिएसगै अब थुनछेक बहस हुनेछ।
 
बहसपछि अदालतले साधारण तारिखमा छोड्ने, धरौटीमा छोड्ने वा पूर्पक्षमा पठाउने निर्णय गर्ने छ। मुलुकी संहितामा आत्महत्या गर्न बाध्य पार्नेलाई कारवाही हुने व्यवस्था छ। आत्महत्या दुरुत्साहनमा ५ वर्षसम्म कैद र रु ५० हजारसम्म जरिवाना हुने व्यवस्था छ। यसै प्रकारका अन्य ६ वटा मुद्दा चितवन अदालतमा दर्ता भइसकेका छन्।
 
 
 
Chat Con
प्रकाशित मिति: : 2019-08-26 14:17:50

प्रतिकृया दिनुहोस्