असल आचरण भएका कैदीलाई आम माफी दिने तयारी

तस्बिरः बिएल

आउँदो संविधान दिवसको अवसमा वीरगंज कारागारले केही कैदी बन्दी रिहा गर्ने भएको छ ।

आगामी असोज ३ गते राष्ट्रिय संविधान दिवसको अवसर पारेर कारागार भित्र रहेका कैदीको आम माफीको लागि आफन्तजनसम्म जानकारी पुर्‍याउन सूचना जारी गरिएको पर्सा कारागारले जनाएको छ ।

जारी सूचनामा कैदीहरुको आम माफीको लागि असल चालचलन भएको, बानी ब्यवहारमा सुधार आएको, तोकिएको कैदको कम्तीमा ५० प्रतिशत भुक्तानी गरिसकेको, नकारात्मक सूचीमा परेका १९ प्रकारको मुद्दा बाहेकको हुनुपर्ने र आफू कैदमा रहेको मुद्दा अन्तिम भइसकेको हुनुपर्ने जस्ता न्युनतम योग्यता भएको कैदीलाई रिहा गरिने वीरगंज कारागारका जेलर श्रवण कुमार पोखरेलले जानकारी दिए।

नेपाल सरकारले यसअघि पनि संविधान दिवसको अवसरमा कारागार भित्र रहेका केही कैदीलाई रिहा गर्दै आएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले बताए।

प्रकाशित मिति: : 2019-08-26 09:38:54

प्रतिकृया दिनुहोस्