निमार्ण कार्य अधुरै राखेर वीरगन्ज नयाँ बसपार्कको उद्घाटन हुने

तस्बिरः बिएल

वीरगन्जको नयाँ बसपार्कको निमार्ण कार्य पुरा नहुँदै उद्घाटन गर्ने समय तोकेपछि अहिले चौतर्फी आलोचना सुरु भएको छ।

समाजवादी  पार्टीका अध्यक्ष उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले आगामी भदौ १० गते मंगलबार बसपार्कको उद्घाटन गने मिति तोकिएपछि स्थानीयले विरोध गरेका हुन्।

ठेकेदारले गर्नुपर्ने काम अधुरो बनाएर छोडेपछि नव निर्मित भवनमा महानगरपालिकाका कर्मचारी सफाई तथा मर्मतमा जुटेका छन् ।

बसपार्कको तीन तले भवनमा विभिन्न प्रायोजनका लागि ५५ वटा कोठा निर्माण, साथै टिकट काउन्टर, प्रतिक्षालय, कन्ट्रोल कक्ष, लगेज कक्ष, प्राथमिक उपचार कक्ष, एटिएम बुथ, पिसिओ, सैलुन, सुविधासम्पन्न शौचालय, वर्कशप पनि बनाईएको छ ।

तर कमसल खालका सामग्री प्रयोग गरी कमिसनको भरमा बनाईएको भवनको अहिले प्लास्टरहरु उप्कीन थालेको छ।

बसपार्कमा बनाएको प्रतिक्षालयको जस्ता हावा हुरीले उडाएपछि जस्ताको छाना पनि कमसल खालको पुरानै प्रयोग गरी टालटुल गरेका कारण टिकाउ नभएको त्यही कार्यरत मजदुरहरुले बताएका छन्।

बसपार्कको नालाको ढक्कन पनि फुट्न थालेको छ। विद्युतको काम पनि अधुरै छ।

जर्मनीको केएफडब्लु बैंकबाट नगर विकास कोषमार्फत् कुल लागतको ९० प्रतिशत ऋण लिएर वीरगंज महानगरपालिका कार्यालयले बसपार्क निर्माण थालेको हो ।

२०१५ फेब्रुअरी ५ मा बसपार्क निर्माणको लागि ठेक्का सम्झौता गरेको पप्पु/रोशन/आशीष जेभी निर्माण सेवाले १७ करोड ७३ लाख ५० हजार ६ सय तीन रुपैयाँमा १५ महिनाको अवधिमा सम्पन्न गर्ने सम्झौता गरेका थिए।

तर, सुविधासम्पन्न बसपार्कको निर्माण कार्यमा ठेकेदारले विभिन्न बाहाना बनाई ४ पटकको म्याद थपेर ४ वर्षमा पनि अधकल्चो काम भएको छ।

अहिले अन्तिम चरणमा पुर्‍याए पनि सो भवनको कामको अधुरै रहेको छ। यता ईन्जिनियर राकेश कुमार झाले भने सुविधासम्पन्न बसपार्कको निर्माण कार्यको लागि १७ करोडमा साकार भएको तर, १५ करोड रुपैयाको बराबरको काम भएकोले त्यती नै भुक्तानी दिने निर्णय भएको बताए।

प्रकाशित मिति: : 2019-08-25 19:55:29

प्रतिकृया दिनुहोस्