उत्तर भारतमा केही दिनदेखि परिरहेको अविरल बर्षाका कारण ४० भन्दा बढीको निधन भइसकेको छ। आइतबार हिमाञ्चल प्रदेश, उत्तराखण्ड र पञ्जावमा परेको वर्षाका कारण यहाँको जीवन शैली कठोर बन्दै गएको भारतीय अखबारले जनाएका छन्।
भारतको ठूलो मध्येको एक यमुना नदीको जलस्तर बढेपछि राजधानी दिल्ली, हरियाणा, पञ्जाव र उत्तर प्रदेशमा हाइअलर्ट जारी गरिएको छ।
यमुनाको हथिनी ब्यारेजबाट ८ लाख क्युसेक पानी छोडेपछि हरियाणा र दिल्लीमा बाढीको खतरा बढेको छ।
हिमाञ्चलमा मात्र वर्षाका कारण २२ जनाले ज्यान गुमाएका छन्। हिमाञ्चलमा ७० वर्षपछि यति ठूलो वर्षा भएको हो। बाढीका कारण यो राज्यमा हाल ७ जना बेपत्ता छन्। कूल्लु जिल्लालाई जोड्ने पुल बाढीबाट प्रभावित भएपछि यहाँको सम्पर्क अन्य ठाउँबाट बिच्छेद भएको छ।
हिमाञ्चल प्रदेशका मौसम विभागका निर्देशक मनमोहन सिंहका अनुसार पछिल्लो २४ घण्टामा औसत १ सय २ दशमलव ५ मिलीमिटर बर्षा भइसकेको छ।
याे पनि हेर्नुहाेस।