टेलिभिजन प्रस्तोता रवि लामिछानेको सर्मथनमा भरतपुरमा भइरहेको आन्दोलनले उग्र रूप लिएपछि प्रहरीले निषेधित क्षेत्र घोषणा गरेको छ। जिल्ला प्रशासन कार्यालय भरतपुरले भरतपुरका चौबीसकोठीदेखि मालपोतचोकसम्म निषेधित क्षेत्र घोषणा हो।
सो क्षेत्रमा दिनहुँ प्रर्दशन र नाराबाजी हुन थालेपछि प्रशासनले निषेधित क्षेत्र घोषणा गर्नुपरेको जिल्ला प्रशासन कार्यालय भरतपुरले जनाएको छ।
यहाँ अधिकांश अस्पताल र संवेदनशिल क्षेत्र रहेकाले सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले अघोषित निषेधित क्षेत्र बनाउन लागेको हो। चितवनका प्रहरी प्रमुख (एसपी) दान बहादुर मल्लका अनुसार आजदेखि जिल्लाको सुरक्षा व्यवस्था झन कडा बनाइएको छ। उनले भने,‘विभिन्न क्रियाकलापका कारण यहाँ उपचारका लागि आउने विरामीले सास्ती पाएका छन्,आजदेखि यो क्षेत्रलाई शान्तीपूर्ण राखिनेछ।’
उनले प्रदर्शनका नाममा अराजक गतिविधि गरे नियन्त्रणमा लिएर कारवाही गर्ने चेतावनी दिए ।
पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणबारे अनुसन्धान गर्न रवि लामिछानेलगायतका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएपछि रविको पक्ष र विपक्षमा केही दिनदेखि यी क्षेत्रमा प्रदर्शन भइरहेका छन्।