उद्यमीकाे कथा शृङ्खला -४:
'जिन्दगीमा कस्ता कस्ता दु:ख काटियाे, अहिले त सुविस्ता छ,' लामाे सुस्केरा हालेर बाेल्दा उनी स्मृतिकाे गहिराइमा डुबे।
निम्न आयस्तर, पुर्ख्याैली सम्पत्तिले खान लाउन नपुग्ने। चार भाईमा माइला। जेठाे पछिकाे सबैभन्दा जिम्मेवार। जिम्मेवारी बढेसँगै भाेट, मधेश गर्नुपर्ने। नुन ल्याउन मात्र सुर्खेत पुग्नुपर्ने। भेडा हुनेले भेडामा नुन ल्याउँथे। नहुनेले डाेकाे नाम्लाे गर्नुपर्ने। नाम्लाे थाप्लामा बसेपछि पँहेला घाम देख्दै सुर्खेतबाट जुम्ला पुगिने।
'सानाे हुँदा सुर्खेत पुग्थ्याै । पछि चुप्रासम्म गयाैं। बा आफ्नाे पालामा मधेस पुग्याछुन्। बाजेहरु त भाेट जान्छिया गरे। अहिले त खाद्य(खाद्य संस्थान) छुनैछ(छँदैछ),' लामाे स्वास तान्दै उनले पुराना दिन सम्झिने क्रममा जुम्ली लवजमा भने 'नेताका धेलामै(ढाेकामा) कति गयाैं। पार्टी कार्यालय कति धायाैं, कुपन मिलाइमाग्न। कतिकन तुम्मै(तिमीलाई भाेट दिने मान्छे) हुँ भुन्याैं।'
कर्णालीमा भात खाने चलन चलेसँगे सुरु भएकाे थियाे खाद्यान्न संकटकाे प्रचार। कुन चाहिँले हाे, कर्णालीमा खाद्य संकट छ भनेर लाइदिएछ। त्यसपछि पत्रिकाका फ्रन्ट पेजमा, रेडियो र टेलिभिजनका प्रमुख समाचार बनेर प्रकाशन र प्रसारण भयाे, कर्णालीकाे खाद्य संकट। एनजीओ, आइएनजीअेाले माैका छाेपे। यसले यति ठूलाे रुप लियाे कि, राज्य समेत साेच्न बाध्य भयाे। गाडी नपुगेकाे जुम्लामा हवाइजहाजबाट चामल ढुवानी गरेर बाँड्न थालियाे। मान्छेहरुले खेतबारी छाेडे। मेहनत गर्न छाेडे। पाखाेबारी बाँझाे राखे। लाइन लाग्न थाले। कुपन माग्न थाले।
यसरी सुरु भएकाे थियाे नुन, चामलकाे राजनीति। त्यसपछि सुरु भएकाे थियाे सत्ताकाे खेल। कुपन दिने र मिलाइदिने भगवान् सरह भए। नेता दाहिना भए सबथाेक हुने। नभए मुखमा माड नपस्ने। याे क्रम आज पर्यन्त छ।
यी देख्दै, भाेग्दै आएका 'मान्ठ' हुन चन्दननाथ नगरपालिका -४ सिंहाचौरका भक्तबहादुर सार्की। उनले जिन्दगी बदलेका छन्। जिन्दगी बदल्ने संघर्ष गर्दा पुराना दिनहरु अक्सर याद आउँदा रहेछन्। विगत खराब भएपनि अमिट छाप छाेडेर जाने रहेछ। त्यसैले बेलाबेलामा सम्झना आइरहन्छ। आख्यान जस्तै जिन्दगीको भाेगाइँ सुनाउँदा भक्तबहादुर कतिबेला भावुक हुन्थे त कतिबेला उत्साही।
याे पनि पढ्नुहाेस।
सानाेमा नुन चामल गर्दागर्दै घरवारे भए। घरवार गर्दागर्दै जिम्मेवारी थपियाे। परिवारकाे संख्या थपियाे। पहिलाे छाेराे, दाेस्राे छाेराे, तेस्राे छाेराे, चाैथाे छाेरी। अब भने पुगेकाे छ। दुई छाेरा भएपछि छाेरीकाे चाहाना बढेकाे थियाे। अर्काे छाेराे थपियाे। प्रयास जारी थियाे चाैथाेमा छाेरी भई। छाेरी जन्मेकाे दिन भक्त बहादुर र उनकी श्रीमती उम्मकली सार्की खुब खुसी भए।
खुसीले छाेराछाेरी हुर्काए। मजदुरी गर्दा गलेर लखतरान भएकाे जिउँले छाेराछाेरीका पेटमा चाराे परेकाे देख्दा हल्का महशुस गर्थ्याे।
भक्त बहादुरले ज्याला मजदुरी गरे। काठ कामका सिपालु मिस्त्री। आफ्नाे समयका चर्चित पनि। काम कहिले खाली हुँदैन थियाे। काम खाली कहिल्यै नभएपनि गाेजि खाली पटकपटक भैरहन्थ्यो। अभाव धेरैपटक बेहाेराेका छन्। त्यसैले सकेसम्म अभाव नहाेस भनेर अवसरकाे खाेजी गरिरहे। अवसरकाे खाेजीले उनलाई हुम्लासम्म पुगायाे। हुम्लामा उनले सम्भावना देखे। घर परिवार सबै उतै लिएर गए। करिब १८ वर्ष हुम्लामा बसे।
उनले हुम्ला सदरमुकाम सिमीकाेट वरपरका सबै गाउँमा झ्याल ढाेका बनाए। सरकारी भवन बनाए। स्कुल बनाए। त्यहाँ धेरैजसो सरकारी कार्यालयका झ्याल ढाेकामा उनकाे सीप लागेकाे छ।
मजदुरहरुका मनाेरञ्जनका साधन याैन र रक्सी हुन। याैनमा उनकाे रुचि विस्तारै घट्दै गैरहेकाे थियाे। तर रक्सीकाे लत बढीरहेकाे थियाे। रक्सी बढेसँगै त्यसकाे असर पनि बढिरहेको थियो। उनकाे शरीर गल्दै गैरहेकाे थियाे। काममा पनि अनियमितता हुनथालेपछि अभाव बढ्दै गयाे। हुम्लामा बस्न नसकिने भयाे। छाेराछाेरी र श्रीमतीले कर गरेपछि उनी सपरिवार जुम्ला फर्किए। जुम्ला फर्किने बेलासम्म भक्तबहादुर नराम्ररी बिग्रिसकेका थिए, परिवारले समाल्नै नसक्ने गरि।
याे पनि पढ्नुहाेस।
जुम्ला फर्किएपछि जसाेतसाे घर व्यवहार चलाइरहेकी थिइन्, उम्मकली। छाेराहरु पढिरहेका थिए। जेठाेले पढाइ छाेडे। माइलाे र कान्छाे पढीरहेका थिए। छाेरी पनि स्कुल गैरहेकी थिइन्। लाेग्नेलाई कूलतबाट छुटाउन नसकिएकोमा उम्मकली हैरान थिइन्।
समय बित्दै जाँदा छाेराहरु लाखापाखा लागे। जेठाे र माहिलाेकाे बिहे भयाे। छाेरीकाे पनि बिहे भयाे। बिहेपछि उनी श्रीमानसँगै इन्डिया गइन्। बेलाबेलामा उनकाे सन्चाे बिसन्चाेकाे खबर आइरहन्थ्याे। एकपटक यस्ताे खबर आयाे त्यसपछि उम्कली मुर्छा परिन्। बिहे भएर इन्डिया पुगेकी छाेरी कहिले नफर्किने खबर बनेर आयाे। उनकाे परिवार गहिराे शाेकमा प-याे।
अन्तिममा जन्मिएर औधि खुसी दिएकी छाेरीकाे खबर जिन्दगीकाे भयानक दु:ख बनेर आयाे। सम्हाल्नै नसकिने दु:ख बेहाेरिन उनले। भक्तबहादुर सँगै बसेर जिन्दगी सुनाइरहेकी उम्मकलीले छाेरीकाे सम्झनामा फेरि आँसु बगाइन्। काँपिरहेकाे निन्याउराे स्वरमा भनिन् 'झल्झली आँखामा आउँछे। कस्ताे सेच्याकी छियाँ, कस्ताे भयाे।'
घरमा लाेग्नेकाे हालत ठिक थिएन। छाेरी नरहेकाे खबरले गलेकी उनले लाेग्नेलाई कूलतबाट छुटाउन लाख काेसिस गरिन्, माइती लगाइन्, बुढापाका लगाइन्, ठूलाबढा गुहारिन्, देउता हेराइन्।
भक्तबहादुरलाई देउताका धामीले हप्काए। तँलाई बाैलाह बनाउँछु भने। उनी थाेरै झस्किए। सबैले सम्झाए। उम्मकलीले अनुनय विनय गरिन्। आँसुकाे खाेलाे बगाइन्। भक्तबहादुरले आँसुकाे माेल बुझे। केही दिन रक्सी राेके।
यसैबीच एक रात उनले सपना देखे। सपनामा आफ्नै सीपले काठकाे गाई बनाए। धेरै मान्छे उनले बनाएकाे गाई हेर्न भेला भए। उनकाे कलाकाे तारिफ गरे। उनलाई सपनामै ओधि आनन्दानुभूति मिल्याे। बिउँझिएपछि उनी बाबिराे मस्टकाे धामी भेट्न गए। कुनैपनि काम थाल्नुअघि साइत हेराउन आफूले मान्ने कुल देउताकहाँ जानु यहाँकाे चलन हाे।
याे पनि पढ्नुहाेस।
धर्मभिरु समाजमा साइतकाे ठूलाे मूल्य हुन्छ। भक्तबहादुर देउताका भक्त थिए। धामीले सपनामा आफू आएकाे भने। अब यस्तै काम गरिस् भने उभाे लाग्छस् भने। उनले बाटाे पाए। निकै दिन लगाएर गाई बनाए। उक्त गाई उनले धामीलाई देखाए। धामी खुसी भए। हाैसला दिए।
उनले थप काष्टकलाका आकृति निर्माण गरे। प्रदर्शनीमा राखे। उनी सम्झिन्छन् 'पाँच वर्षअघि जुम्ला बजारमा जात्रा चलिरहेकाे थियाे मान्छे धेरै थिए। प्रशासन अगाडि मैले बनाएका गाई, चरा, चितुवा राखेँ। हेर्न मस्तै(धेरै) मान्छे आए। सबै बिक्री भयाे,' कूलतबाट लतमा फर्किए पछि जिन्दगीले लय समात्न लागेकाे थियाे। कमाई भयाे।
घरका जहान खुसी भए । उम्मकलीकाे मुहार थाेरै उज्यालियाे । त्यसपछि लगातार काष्टकलामै रहे । याे कामले उनलाई ओधि सन्तुष्टि मिल्याे । दाम कमाई त भयाे भयाे । नाम पनि भयाे। भक्त बहादुरले खुसी हुँदै भने।
अहिले उनकाे व्यापार फष्टाएकाे छ । ५० ओ बसन्त पार गरिसकेपछि थालेकाे नयाँ कामले जिन्दगीलाई नयाँ माेड दिएकाे छ। उनकाे कलाकाे माग बढेकाे छ। उनकाे सीपकाे प्रचारप्रसार देश, विदेशसम्म भएकाे छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियामा समेत उनकाे कलाकृतिबारे समाचार बनेका छन्।
हाल उनले घरेलु तथा साना उद्याेग विकास समितिमा 'भक्त काष्ठकला उद्योग' दर्ता गरेका छन् । पान नं. लिएका छन् । थाेर, बहुत सरकारलाई कर तिरेका छन्। उनकाे सीप र कलाबाट प्रभावित भएर घरेलु तथा साना उद्योग विकास समितिले पुरस्कार दियाे। गएकाे आर्थिक वर्षमा मात्र उनले घरेलुबाट ओजार किन्नकाे लागि प्राेत्साहन स्वरुप ४ लाख ७५ हजार नगद पाए । यसबाट उनले आफूलाई चाहिने आधुनिक ओजार किने ।
याे पनि पढ्नुहाेस।
सुरुमा परम्परागत घरेलु ओजारबाट कष्टकला उद्योग चलाएका उनी आधुनिक ओजार भएपछि निकै सहज भएकाे बताउँछन्। 'हालसम्म कुनैपनि तालिम नलिएर परम्परागत औजारको सहायताले विभिन्न आकृतिका कष्टकलाका सामाग्री निर्माण गरें । सपनामा देखेको तस्बिर समेत काष्ठकलामा उतारें ।' उनले भने, ‘डुबिसकेकाे जिन्दगी पार लाग्याे, सीपकाे सम्मान भएकाे छ । कामले सन्ताेष मिलेको छ ।’
उनी बनाउन बाँकी केही नराखेकाे बताउँछन् । गाईबाट सुरु गरेका उनले डाँफे, परेवा, च्याखुरा, काग, कालिज, चिल, मयुर, बाघ, चितुवा, भगवान्का आकृती, नाग लगायत सयौँ प्रकारका काठका मुर्ति बनाएका छन् ।
उनले सुरुमा बनाएकाे गाई बेचेका छैनन् । त्यसकाे १५ हजार दिने मान्छे आएका थिए उनले दिएनन् । उनी सुरुकाे कला बाँचुन्जेल आफैसँग राख्ने बताउँछन्। त्यसबाहेक सबै बेचिरहेका छन् । कतिकाे अडर आउँछ । कति आफै बनाएर बेच्छन् । अघिल्लो वर्ष फुलपातीकाे दिन आयाेजित घाेडा दाैड प्रतियोगितामा उनले बनाएका काठका ट्रफीहरु पुरस्कार दिइएकाे थियाे ।
यसपालि नागपञ्चमीमा उनले काठका नाग बनाए । आम्दानी राम्रै भयाे ।
हाल उनका जेठा छाेरा विदेशमा छन् । कान्छा भर्खर विदेशबाट फर्किए । माहिला छाेरा लघु वित्त बैंककाे शाखा म्यानेजर छन्, शमशेर नेपाली । उनी बाबुकाे कर्मबाट आफू खुसी रहेकाे बताउँछन् । भन्छन् 'मनग्य आम्दानी भन्दा पनि बाले नाम कमाउनु भएकाे छ । ठूलाे काम हाे । आफ्नाे खर्च आफै जुटाउनु भएकाे छ। याे भन्दा खुसीकाे कुरा अरु के हुन सक्ला र ?'
नाग पञ्चमीकाे अघिल्लो दिन । भक्त बहादुरकाे घर पुग्दा उनकी श्रीमती उम्मकली पनि सँगै थिइन्। उनले पनि पतिकै शब्दहरु सापटी लिएर बाेलिन् 'कस्ता कस्ता दु:ख काटियाे, अहिले त सुविस्ता छ ।' दुबैजना एक अर्काेलाई हेर्दा थाेरै मुस्कुराए। मैले हात जाेडेर बिदा मागे। उनीहरुले पनि उसैगरी हात जाेडे। म फर्किए।
याे पनि पढ्नुहाेस।
प्रकाशित मिति:
: 2019-08-15 11:30:31