मुसलमानहरू मनाउँदैछन्- सद्भाव र आपसी स्नेहको पर्व इदुल फित्र !

इद उल फित्र ... मुबारक । तस्बिर : एजेन्सी

आज संसारभर मुस्लिम धर्मावलम्बीहरू आफ्नो महान पर्व इदुल फित्र अर्थात बकर इद मनाइरहेका छन । रमजान पर्वको ७० औँ दिनमा मनाइने यस पर्वमा मुस्लिम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिन्छ ।

नेपालमा पनि आज देशभरका मस्जिदमा बकर इद मनाइँदैछ । दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लागेको छ । 

बकरिदका अवसरमा प्रदेश नं २ र ५ सरकारले सार्वजनिक बिदा दिएका छन् ।

बकरिदमा मस्जिदमा गएर नमाज पाठसहितको ध्यान सकेपछि साथीभाइबीच शुभकामना साटासाट गरी घरमा गएपछि कुर्वान (बलि) दिने गरिन्छ । बलि दिएको खसीको मासु तीन भाग लगाई एक भाग परिवारले भोजन गर्ने, एक भाग पाहुनालाई दिने र एक भाग गरिब एवं दीन दुःखीलाई बाँड्ने चलन छ ।

हिजरी संवत अनुसार १४३५ वर्षपहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुसलमानहरू विश्वास गर्छन् । 

यसैबिच इदको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखसहित विभिन्न नेताहरुले शुभकामना सन्देश दिएका छन् ।

प्रकाशित मिति: : 2019-08-12 09:32:58

प्रतिकृया दिनुहोस्