बर्मामा पहिरोका कारण ३४ जनाको निधन

Agency

बर्माको दक्षिण पूर्वी गाउँमा भूस्खलन हुँदा ३४ जनाको निधन भएको छ भने केही बेपत्ता छन्। बर्माबाट प्रकाशित हुने ‘द ग्लोबल न्यु लाइट’ पत्रिकाका अनुसार पोग शहरको एउटा गाउँमा बर्षाका कारण भूस्खलन हुँदा एक दर्जनभन्दा बढी घर भत्किएको छ।

राहतकर्मीले धेरैलाई राहत शिविरमा पुर्याएका थिए। भूस्खलनका कारण अझै केही व्यक्ति माटोमा दखिएको हुन सक्ने बताइएको छ।

याे पनि पढ्नुहाेस।

इर्दपछि अमेरिका र तालिबानबीच शान्ति सम्झौंता, १८ वर्षपछि जारी संघर्ष समाप्त हुने

खम्बामा ठोक्किएर र खाल्डोमा परेर लागेका घाउले हाम्रो शरीर कहाँ सग्लो छ र? (भिडियो सहित)

सरकारले मानवीय कार्यका लागि संयुक्त राष्ट्र संघको स्थानीय कार्यालयलाई पनि गुहारेको छ। मोन प्रान्तमा यसै साता भएको ठूलो बर्षाका कारण १२ हजारभन्दा बढी स्थानीय विस्थापित भएका थिए।

बर्षाले घर, पसल र स्कुललाई समेत बगाएर लगेको थियो। यसअघि उत्तरी काचिन राज्यको हापकान्त शहरी क्षेत्रमा ढुंगा निकाल्ने उद्योगमा भूस्खलन हुँदा १३ जनाको निधन भएको थियो।

याे पनि पढ्नुहाेस।

कञ्चनपुरकी अर्की बलात्कृत निर्मला अपहरणमाः स्लिप-किक हान्दै बचाइन् ज्यान (भिडियो)

प्रकाशित मिति: : 2019-08-10 21:19:06

प्रतिकृया दिनुहोस्