शाकाहारी बनेर जलवायु परिवर्तनसँग लड्न वैज्ञानिकहरूको आग्रह

जलवायु परिवर्तनका नकारात्मक प्रभावससँग जुध्न शाकाहारी खानेकुरा सहयोगी हुने निष्कर्ष निकालिएको छ । 

संयुक्त राष्ट्रसङ्घले आयोजना गरेको एक कार्यक्रमका विज्ञहरूले भूमि प्रयोग र जलवायु परिवर्तनसम्बन्धी जारी गरेको एउटा प्रमुख प्रतिवेदनमा यस्तो निष्कर्ष निकालिएको छ । प्रतिवेदन संसारका १०७ वैज्ञानिकहरूले राष्ट्रसङ्घको इन्टरगर्भर्मेन्टल प्यानल अन क्लाइमेट चेन्ज,आईपीसीसीका लागि तयार पारिएको हो ।

प्रतिवेदनमा पश्चिमा मुलुकमा हुने मासु र दुग्ध उत्पादनको ठूलो खपतले विश्वको तापमान बढाइरहेको उल्लेख छ । 

विज्ञरूले सबैलाई शाकाहारी बन्न अनुरोध नगरे पनि मासु कम खाएमा थोरै जमिनको प्रयोग गरेर हुने कृषि उत्पादनले धेरै मानिसलाई खुवाउन सकिने बताएका छन् । उनीहरूले भूमिलाई प्रभावकारी उपयोग गरे यसले मानवले उत्सर्जन गर्नेभन्दा धेरै कार्बन सोस्न सक्ने पनि बताएका छन् । 

हुन त केही समययता मासुको खपत घटाउन विभिन्न खालका अभियान नै चलाइएका छन् ।  ब्रिटेनमा नोबिफ भन्ने एक समूह क्याटरिङ सेवाहरूलाई मासुका परिकार हटाउन अनुरोध गर्दैआएको छ भने अमेरिकामा मासुजस्तै स्वाद आउने शाकाहारी बर्गरहरू प्रयोगमा लाइएको छ । 

प्रकाशित मिति: : 2019-08-09 03:22:28

प्रतिकृया दिनुहोस्