काठमाडौँको बालुवाटारस्थित चिनियाँ राजदूतवास नजिक आगलागी भएको छ। महानगरीय प्रहरी कार्यालयका प्रवक्ता श्यामलाल ज्ञवालीले बालुवाटारमा रहेको सुविसु कार्यालयमा आज अपरान्ह आगलागी भएको जानकारी दिए। ग्यास लिक भएर आगलागी भएको प्रारम्भिक अनुमान छ, उनले भने।
ग्यास नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकल घटनास्थल पुगिसकेको प्रवक्ता ज्ञवालीले बताए।