काठमाडौं । ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ४८ जना सवारी चालकलाई शनिबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारबाही गरेको छ।
मदिरा पिएर सवारी साधन चलाउने १३५ जना, जथाभावी सवारी साधन पार्किङ गर्ने ८८ जना, ढोका खुल्लै राखेर सार्वजनिक सवारी चलाउने ६४ जना, अनावश्यक हर्न बजाउने ६५ जना र लेन उल्लंघन गर्ने १३ जना सवारी चालक रहेका छन् ।
गएको २४ घण्टामा विभिन्न नाका प्रयोग गरी १० हजार ५ सय ९५ ओटा सवारी साधनमा ७६ हजार ६ सय ८३ जना यात्रु उपत्यका भित्रिएका छन्।
यस्तै १० हजार ५ सय ८१ ओटा सवारी साधनमा ७७ हजार ९७ जना यात्रु उपत्यकाबाट बाहिरिएका छन् ।
गएको २४ घण्टामै उपत्यकामा २४ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा २८ जना घाईते भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।