भारतको उत्तर प्रदेशको हापुड जिल्लाका एक स्थानीय वासिन्दाको घरमा बिजुलीको बिल १ अर्ब २८ करोड ४५ लाख ९५ हजार ४ सय ४४ रुपैयाँ आएपछि पुरै गाउँ अचम्ममा परेका छन्।
चमरी नाम गरेका ती उपभोक्ताले बिलको भरपाई नगरेको भन्दै बिजुली विभागले घरको लाइन समेत काटेका छन्।
उनी बिजुलीको बिल सुनेर अचम्ममा छन् र यति मोटो रकम कसरी तिर्ने भन्ने चिन्तामा छन्।
उनले आफ्नो घरमा एउटा पंखा मात्र भएको र सामान्य बिजुली बत्तिको उपयोग मात्र गर्ने गरेको बताउँछन्। ‘मैले धेरैपल्ट बिजुली विभागका अधिकारीसँग अनुरोध गरिसके। तर, मेरो कुरा नै सुन्दैनन्। रकम चुत्ता नगरि बिजुलीको लाइन जोड्दिन भनेका छन्। अब मैले यति मोटो रकम कहाँबाट ल्याउने?’ उनी भन्छन्।
शमिमकी श्रीमति खैरुन निशा पनि बिजुलीको बिल देखेर अचम्मित छिन्। ‘कसरी यति मोटो रकम आउँछ? हामीसँग एउटा पंखा र घरमा बाल्नका लागि बत्ति मात्र छ,’ उनी भन्छिन्।
बिजुली विभागका अधिकारी आफ्नो कुरा सुन्न तयार नभएको भन्दै यी दम्पत्तिले दुःखेसो पोखेका छन्।