काठमाडौं । रोजगारीका लागि युरोप पठाईदिने भन्दै मोटो रकम लिएर भारतमा अलपत्र पार्ने चितवनका नविनकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाको टोलीले चौधरीलाई काठमाडौंको धापासीबाट पक्राउ गरेको हो।
चौधरीले लामो समयदेखि युरोप रोजगारीका लागि पठाईदिने भन्दै दर्जनौ युवाबाट करोडौं रकम उठाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
महाशाखाका अनुसार चौधरीले वर्किङ भिसामा युरोप पठाईदिने भन्दै ५१ लाख रकम उठाएका थिए ।
चौधरीले वसन्त केसी लगाएतका ब्याक्तिबाट ५१ लाख रकम उठाएको प्रहरीले जनाएको छ ।
युरोप लैजाने भन्दै रकम लिएर भारतसम्म लगेर अलपत्र छाडी भागेपछि पिडितहरु नेपाल फर्केर प्रहरीमा उजुरी गरेका हुन् ।
पीडितहरुको उजुरीको आधारमा महाशाखाको टोलीले चौधरीलाई मंगलबार पक्राउ गरेको हो।
पक्राउ परेका चौधरीलाई प्रहरी हिरासतमा राखि आवश्यक अनुसन्धान अघि बढाएको महाशाखाले जनाएको छ ।