संसारी माई मन्दिरमा बिहे भएको भ्यागुताको बुढीगंगामा डिभोर्स!

तस्बिरः बिएल

मोरङका किसानले असार दोस्रो साता बितिसक्दासमेत वर्षा नभएर धान रोप्न नपाएपछि रंगेलीस्थित संन्सारी माई मन्दिरमा २१ गते भ्यागुतोको बिहे गरे।

नभन्दै भ्यागुताको बिहेपछि निरन्तर वर्षा भयो। लगातार तीन दिनसम्म भएको अविरल वर्षासँगै आएको बाढी र पहिरोले ठूलो धनजनको क्षति पुर्‍यायो।

गृहमन्त्रालयका अनुसार हालसम्म ६५ जनाले ज्यान गुमाउनका साथै हजारौं घरबारबिहिन भएपछि बुढीगंगा गाउँपालिका २ का प्रकाश  बानियाँले लिखित रूपमा दुई भ्यागुताको डिभोर्स गरिदिएका छन्।

उनले लिखित रूपमै भ्यागुताको डिभार्स गरेको कागज अहिले सामाजिक सञ्जालमा भाईरल भइरहेको छ।

प्रकाशित मिति: : 2019-07-15 11:25:40

प्रतिकृया दिनुहोस्