आलम प्रकरणका चुनौती: बयानै बयान, खै बलियो प्रमाण!

तस्बिरः बिएल

सत्ता र शक्तिको आडमा गम्भीर अपराधमा संलग्नलाई जोगाउन कुन हदसम्म काम हुन्छ भन्ने उदाहरण देखियो रौतहटमा १२ वर्ष अगाडि घटेको घटना।

अपराधमा संलग्न ब्यक्ति सत्ता निकट भए कुन हदसम्मको अपराध हुनसक्छ अनी कानुन कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी बोकेको राज्य संयन्त्र कसरी अपराधमा लुटपुटिन्छ भन्ने प्रमाण पनि हो बम विस्फोट र घाइतेलाई इटाभट्टामा ज्युदै पोलिएको घटना।

धन्न राज्यको अर्को निकाय न्यायलयको प्रयासमा घटना योजना अनुसार पुरै गुपचुप राख्न सम्भव भएन र १२ वर्षपछि भए पनि आरोपी पूर्व मन्त्री मोहम्मद आफताव आलम प्रहरी हिरासतमा छन् । प्रहरी प्रमाण जुटाउन कस्सिएको छ।

माहोल राज्यको पक्षमा छ। निर्वाचन प्रभावित पार्न गरिएको तयारीकाक्रममा भएको दुर्घटना लुकाउन गरिएको गम्भीर अपराधको फेहरिस्तले आम नागरिकको मन हल्लाएको छ ।

तर अपराध भावनाले मात्र पुष्टी हुन्न। यसका लागि प्रमाण चाहिन्छ। अहिलेसम्म पुष्टि भएका २ पाटो हो ।

पहिलो : बम पड्किएकै हो। ठुलो घटना घटेको हो जुन राज्यशक्तिको प्रयोग गरेर लुकाइयो। यो घटनाबारे अहिले पुष्टि हुनसक्ने देखिएको यही हो।

दोस्रो : आलमलाई चुनावमा सघाउन गएका २ युवा हराएकै हुन्।

दावी अनुसार जो यूवा हराए ती विष्फोटमा घाइते भए र घटना सार्वजनिक भए निर्वाचन आफ्नो पक्षमा ल्याउन गरिएको अपराधको तयारीको पोल खुल्ने डरले आलमले घाइतेलाई उपचारको साटो ज्यूँदै इट्टाभट्टाको रापमा हालेर खरानी बनाए।

यो पनि हेर्नुहोस्-

भक्कानिएका आलापहरूको कुटुरो न हो जिन्दगी 

यो सहर कदापि मेरो आफ्नो बन्न सक्दैन त्यसैले बृद्घावस्था सुरु नहुँदै गाउँ फर्किनु छ । किशोरावस्थामा गाइबाख्रा चराउँदै डुलेका वनजङ्गलमा गएर गोठाला गोठाल्नीका आँसु झार्न बाध्य तुल्याउने आलापहरू सुन्नु छ । ती खोला झरना पाखा पखेरु सबैतिर दृष्टि फैलाउनु छ । भेटमा देउसरालाई भन्नु छ सहरबाट वर्षौदेखि भक्कानिएका आलापहरूको कुटुरो बोकेर आएको छु, । देउसरा, यो जिन्दगी आखिर भक्कानिएका आलापहरूको एक कुटुरो मात्रै त रहेछ ! Details

प्रमाण दावी भन्दा माथि जान सकेको देखिन्न। यो घटनाको मुख्य आधार पीडित परिवारका सदस्यको जाहेरी नै हो जसमा प्रमाण लाग्न सक्ने हराएका २ युवा आलमलाई सघाउन गएका हुन्। त्यसपछि के भयो आशंका मात्र हो।

उनीहरू बम बनाउने ठाउँमा बसेको, बम पड्केको, घाइते भएको र भट्टामा लगेर जलाएको सुनेका कुरा हुन्।

आलम पक्राउपछि घटनाका केही प्रत्यक्षदर्शी सार्वजनिक भएका छन्। उनीहरूको दावीमा पनि हराएका २ युवाबारे के भयो खुल्दैन। बम पड्किएको, केही घाइते भएको र प्रहरीको सुरक्षा घेरामा बोराहरु ट्याक्टरमा राखेर भट्टामा पूर्याएर हालेको सम्म देखिन्छ।

बोरामा शव थियो या अन्य ? शव भए क कस्को थियो ? त्यो अनुसन्धानबाट खुलाउनुपर्ने पाटो हो ।

अधिकांश प्रमाण नष्ट भइसकेका छन्। घटनास्थल नष्ट भइसकेको छ। भट्टा भत्किसकेको छ। यस्तो अवस्थामा प्रमाण संकलन र अभियोग पुष्टि जटिल हुनु स्वभाविक हो।

सार्वजनिक भएका दावी सत्य हुन् भने घटनास्थलमा २० जना बढी उपस्थित थिए। त्यसमा २ नेपालीसहित ८ जनालाई जलाईएको हो। यो आधारमा पनि घटनाबारे जानकार १२ जना अझै जिवितै रहेको देखिन्छ। उनिहरुको बयानबाट घटनाको दाबी पुष्टि हुनसक्छ।

यो पनि हेर्नुहोस्- 

पम्फा फूल: थियटरमा अर्गानिक स्वाद 

पम्फा मारिन्जेल सम्मको दृश्य काठमाडौंका दर्शकले जस्ताको तस्तै हेरेका छन्। त्यसपछि केही दृश्हरु थपिएका छन्। जुन अब कर्णालीमा हुनेले मात्र हेर्न पाउनेछन्। थिएटरको 'थ' नसुनेकाको अर्गानिक अभिनय रहेको नाटकको अर्गानिक स्वाद चाख्न जुम्लामा पहिलो पटक अभ्यास गरिएको थिएटर जानुपर्छ। नछुटाउनुहोस् है! Details

घटनाको अर्को जटिल पाटो हो घटनामा आलमको संलग्नताको पुष्टी। घटना जुन प्रकृतिले दवाउन खोजियो त्यसले घटनामा सत्ता निकट ब्यक्ति जोडिएको देखिन्छ नै। जो हराए ती चुनावमा उनलाई सघाउन गएका थिए। बम पड्केकोस्थान उनको आफन्तको घर नजिक हो। भट्टा उनकै आफन्तको।

तर, यत्तिले मात्र यो गम्भीर अपराधमा आलमको संलग्नता पुष्टि हुन सक्दैन। यसका लागि थप प्रमाण चाहिन्छ जसले विष्फोटपछिको घटनाक्रमलाई सामान्य बनाउन उनले घाइतेलाई उपचारकोसाटो भट्टामा जलाउन निर्देशन दिएको पुष्टि हुन सकोस्।

यो पुष्टीका लागि पनि घटनास्थलमा रहेका जीवित ब्यक्ति, बम बनाउन भारतबाट आएका कामदार वा आलमकै सहयोगीको बयानबाट पुष्टि हुनसक्छ।

यो घटनाको प्रकृति जति गम्भीर छ प्रमाण त्यति कमजोर। अधिकांश प्रमाण बयानमुखी हुँदा अभियोग कमजोर हुन्छ नै। दवाव या प्रभावमा बयान बदलिनसक्ने जोखिम पनि उत्तिकै हुन्छ।

यो पनि हेर्नुहोस् -

निर्मलाकाण्डः अभियुक्त दिलिप सिंह विष्टमै टुंगिने संकेत 

त्यस्तै दुर्गादेवीले दोस्रो कारण दिलिपले प्रहरीमा दिएको साविति बयानलाई देखाएकी छिन्। केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी) बाट डिएसपी अंगुर जिसिको नेतृत्वमा गएको टोलीले दिलिपसँग बयान लिँदा उनले हत्या गरेको स्वीकार गरेका थिए। तर, प्रहरीले बयान लिएको भिडियो गोप्य राखेको थियो। भिडियो सार्वजनिक भइसकेपछि आफूले हेरेकाले दिलिपप्रति शंका लागेको बताएकी छिन्। Details

घटनास्थको मुचुल्का,ज्युदै जलाएको भनिएको भट्टाको खरानी परिक्षण, त्यो बेलाको आलम र उनका सहयोगिविचको फोन सम्पर्क विवरण संकलन हुनसके अभियोग पुष्टिमा निक्कै सघाउ पुग्नसक्थ्यो।

त्यसैले ज्यानै सिरिङ बनाउने यो घटनाको अनुसन्धान जटिल हुनु स्वभाविक हो। हिजो प्रहरी संगठनका सदस्य दवाव र प्रभावमा पर्दा नै यो जटिल भएको हो।

हिजो संगठनका केही सदस्यले दवाव र प्रभावमा प्रमाण नष्ट गरि अपराध लुकाउन गरेको गम्भीर अपराध अहिले प्रहरी संगठनकै सदस्यको अनुसन्धानबाट पुष्टि होला त!

प्रकाशित मिति: : 2019-10-20 20:04:57

प्रतिकृया दिनुहोस्