कात्तिक १३ गते विदा दिन प्रधानमन्त्रीसँग नेवार सांसदको माग

बिएल

काठमाडौं उपत्यकाका नेवार समुदायका सांसदले किजापूजा ९भाइटीका० का लागि कात्तिक १३ मा विदा दिन माग गरेको छ ।

काठमाडौं उपत्यकाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद र प्रदेश सांसदको एक टोलीले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गरी कात्तिक १३ गते विदा दिन माग गरेका हुन् ।

नेवार समुदायका सांसदले आफूहरुको किजा पूजा कात्तिक १३ गते पर्ने भएकाले विदा दिन माग गरेका हुन् । संघीय सांसद कृष्णगोपाल श्रेष्ठ, प्रदेश नम्बर तीनका सांसदहरु डा. अजयक्रान्ति शाक्य, राजेश शाक्य, काठमाडौँ महानगरपालिका २२ का अध्यक्ष चिनिकाजी महर्जनलगायतको टोलीले आइतबार प्रधानमन्त्री ओलीलाई भेटेर उक्त माग गरेका हुन् ।

आफूहरुको मागप्रति प्रधानमन्त्री ओली सकरात्मक देखिएको सांसद श्रेष्ठले बताए ।सांसद शाक्यले पाञ्चाङ्ग समितिको निर्णयलाई आधार मान्ने हो भने चतुर्दशीमा लक्ष्मीपूजा गर्नुपर्ने बताए । ‘पाञ्चाङ्गले ११ गते ९ बजेर ४५ मिनेटसम्म औंसी र १२ गते ७ बजेर ५१ मिनेटसम्म प्रतिप्रदा तिथि भनेको छ । त्यसपछि १२ गते नै भाईटीका भनेको छ,’ उनले भने, ‘पञ्चाङ समितिको निर्णय मान्ने हो भने हाम्रो परम्परा अनुसार नेपाल संवत् र म्हपुजा नै हराउँछ ।’

प्रधानमन्त्री ओलीले सरकारी क्यालेण्डरअनुसार कात्तिक १३ गते विदा उल्लेख नभएकाले यसलाई मन्त्रिपरिषद्बाटै निर्णय गर्ने आश्वासन दिएको श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: : 2019-10-20 14:41:04

प्रतिकृया दिनुहोस्