गैरआवासीय नेपाली संघको नयाँ नेतृत्वका लागि मतदान (भिडियोसहित)

बिएल

गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्वका लागि बिहिबार मतदान भएको छ। बुधबार निर्धारित समय भन्दा करिब तीन घण्टा ढिलो बेलुका ८ बजे मतदान सुरु भएको केहीबेरमै कम्प्युटरमा समस्या आएको भन्दै मतदान स्थगित भएको थियो । भोटिङ मेसिनको सट्टा मतपत्र प्रयोग गरी मतदान गरिएको हो।
आगामी दुई वर्षका लागि कुमार पन्त र कुल आचार्यको प्यानल चुनावी मैदानमा उत्रिएका छन्। ४ जना उपाध्यक्ष पदका लागि ९ जनाको उम्मेदवारी परेको छ।
त्यस्तै महिला उपाध्यक्षमा सपिला राजभण्डारी र रविना थापा प्रतिस्पर्धामा छन्। महासचिवमा जानकी गुरुङ र हेमराज थापाको उम्मेदवारी परेको छ। दुई जना सचिव पदका लागि ७ जनाको उम्मेदवारी परेको छ। कोषाध्यक्ष पदमा तीन जना प्रतिष्पर्धामा छन्। सोमनाथ सापकोटा, महेशकुमार श्रेष्ठ र सुदन थापाको कोषाध्यक्षमा उम्मेदवारी परेको छ।
महिला संयोजकमा प्रमिला खड्का बस्नेत, भोमादेवी लिम्बु र संगीता मरहट्टा उम्मेदवार छन्। युवा संयोजकमा हिमाल गुरुङ, स्वतन्त्रप्रताप थापा र सुदीप कार्कीबीच मतदान हुने भएको छ। अफ्रिकाको क्षेत्रीय संयोजकमा रोशन थापा निर्विरोध चयन भएका छन्। अफ्रिकाक्षेत्रको महिला संयोजकमा मनकला थापा विष्ट उम्मेदवारी छिन्।

प्रकाशित मिति: : 2019-10-17 17:14:26

प्रतिकृया दिनुहोस्