सभामुख पद काँग्रेसले पाउनुपर्छ: बस्नेत

फाइल तस्बिर

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहन बस्नेतले रिक्त रहेको प्रतिनिधिसभाको सभामुख पद आफ्नो पार्टीले पाउनुपर्ने दावी गरेका छन्।

बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सभामुख र उपसभामुख पद फरकरफरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै रिक्त सभामुख पद आफ्नो पार्टीले पाउनुपर्ने तर्क गरेका हुन् ।

 बस्नेतले सभामुख र उपसभामुख पद फरकरफरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै रिक्त सभामुख पद आफ्नो पार्टीले पाउनुपर्ने तर्क गरे ।

संसद सचिवालयका कर्मचारी रोशनी शाहीमाथि बलात्कार गरेको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएका हुन् । सोही पदमा आफ्नो पार्टीको दावी रहेको बस्नेतको भनाई छ ।

प्रकाशित मिति: : 2019-10-17 16:08:48

प्रतिकृया दिनुहोस्