बैंकक पुगिन् राष्ट्रपति भण्डारी

फाइल तस्बिर

राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मा गणतन्त्र संघका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्मा भ्रमणका क्रममा थाइल्यान्डको बैंकक पुगेकी छिन्।

बैंककस्थित सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलमा केही बेर रोकिँदा राजदूत गणेशप्रसाद ढकालले उनको स्वागत गरे।

राष्ट्रपतिका साथमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शंकरदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारीलगायत छन्। राष्ट्रपति भण्डारी असोज २९ देखि कात्तिक ३ गतेसम्म म्यान्माको राजकीय भ्रमण गर्दै छिन्।

प्रकाशित मिति: : 2019-10-16 18:21:05

प्रतिकृया दिनुहोस्