साहले हिरासतमा रहँदासम्म सांसदको सेवासुविधा नपाउने

फाइल तस्बिर

विमानस्थलमा तोडफोड गरेको आरोपमा पक्राउ परेका राजपा सांसद प्रमोद साहको सांसदको हैसियतमा काम गर्न नपाउने भएका छन् ।

संसद सचिवालयले बुधबार प्रतिनिधिसभा नियमावलीको नियम २४४ को ३ अनुसार सूचना जारी गरी साहले हिरासतमा रहेको अवस्थामा सांसदको हैसियतले कुनै कार्य गर्न र उन्मुक्ति प्राप्त नहुने उल्लेख गरेको छ । सांसद साहले हिरासतमा रहेको अवधिको पारिश्रमिक, सेवा र सुविधा पनि नपाउने नियमावलीमा व्यवस्था छ ।

सर्लाही क्षेत्र नं. १ राजपाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद साह मंगलबार जिल्ला अदालत धनुषामा जाहेरी दर्ता गरी काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

सोमबार दुई घण्टादेखि प्रतिक्षारत किड्नीका बिरामी दिलिप सहगोलको अवस्था बारे जानकारी गराउन काउण्टरमा जाँदा विवाद भएको थियो । विवादको क्रममा सांसद साहले आक्रोशमा लात हान्दा काउण्टरको सिसा फुटेको समाजिक सञ्जालमार्फत स्वीकार गरेका छन्।अदालतले साहलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्नसमेत आदेश दिइसकेको छ ।

प्रकाशित मिति: : 2019-10-16 14:55:10

प्रतिकृया दिनुहोस्