श्रीलंकाको राष्ट्रपति चुनावमा ३५ जनाको उम्मेदवारी

Agency

श्रीलंकामा १६ नोभेम्बरमा हुने राष्ट्रपतिको निर्वाचनमा ३५ जनाले उम्मेदवारी दिएका छन्। जुन श्रीलंकाली चुनावमा कीर्तिमान हो।

राष्ट्रपति पदका लागि प्रमुख प्रतिस्पर्धा यसपालि पनि नेशनल डेमोक्रेटिक फ्रन्ट (एनडिएफ) का उम्मेदवार, सत्ताधारी युनाइटेड नेशनल पार्टी (युएनपी) का उपनेता सजित प्रेमदासा र श्रीलंका पोदुजना पेरुमना पार्टीका गोतबाया राजपक्षेंबीच रहेको छ।

पूर्व राष्ट्रपति महिन्द्रा राजापक्षेंका भाई गोतबाया पूर्व रक्षा मन्त्री पनि हुन्। श्रीलंकाली सेनाका पूर्व कमाण्डर महेश सेनानायके पनि नेशनल पिपुल्स पार्टी (एनपिपी) बाट चुनाव लड्दै छन्।

चुनाव आयोगले मंगलबार ३५ उम्मेदवारको नाम र चुनाव चिन्ह सार्वजनिक गरेको थियो। श्रीलंकाको यो आठौं राष्ट्रपतिय चुनाव हो। वर्तमान राष्ट्रपति मैत्रीपाल सिरिसेनको कार्यकाल २०२० को जनवरीमा समाप्त हुँदैछ।

श्रीलंकाको राष्ट्रपतिको निर्वाचनका लागि चार वटा विदेशी पर्यवेक्षक टोली खटिने छ।

 

 

प्रकाशित मिति: : 2019-10-15 22:48:45

प्रतिकृया दिनुहोस्