बेलायतको शाही परिवार १३ वर्षपछि पाकिस्तानमा

Agency

१३ वर्षपछि पाकिस्तानको पाँच दिने भ्रमणमा निस्किएका बेलायती शाही जोडी राजकुमार विलियम र युवराज्ञी केट मिडलटन मंगलबार इस्लामाबादको एक स्थानीय स्कुलमा पुगेका छन्। उनीहरू ४ देखि १८ वर्षसम्मका विपन्न छात्राहरू अध्ययन गर्ने मोडल स्कुल पुगेका थिए।

शाही जोडी बेलायतको विदेश र राष्ट्रमण्डल कार्यालयको अनुरोधमा आयोजित कार्यक्रममा भाग लिन पाकिस्तान पुगेका हुन्। युवराज्ञी केट शनिबार स्कुल पुग्दा पाकिस्तानी डिजाइनर माहिन खानद्धारा तयार पारिएको निलो रंगको सलवार–कुर्तामा सजिएकी थिइन।

बेलायतको शाही जोडीले स्कुलको विभिन्न क्षेत्रको अध्ययन गरेको र गणित विषयको एउटा कक्षाको निरीक्षण पनि गरेका थिए। विलियम र केटले लाहोर र खैबर पख्तुनख्वा क्षेत्रको पनि निरीक्षण गर्ने कार्यक्रम रहेको छ।

युवराज विलियमकी आमा डायनाले यसअघि पाकिस्तानी प्रधानमन्त्रीले स्थापना गरेको शौकत खानम स्मृति क्यान्सर अस्पतालका लागि धन जुटाउन मद्धत गरेकी थिइन। उनले यसका लागि १९९६ र १९९७ मा गरि दुई पल्ट पाकिस्तानको भ्रमण गरेकी थिइन।

यस्तै, २००६ मा राजकुमार चार्ल्स र क्यामिलाले पाकिस्तानको भ्रमण गरेका थिए।

प्रकाशित मिति: : 2019-10-15 19:44:53

प्रतिकृया दिनुहोस्