संस्थापक अध्यक्ष उपेन्द्र महतोद्वारा एनआरएन सम्मेलन बहिष्कार

उपेन्द्र महतो

गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा. उपेन्द्र महतोले काठमाडौंमा मंगलबारदेखि शुरु भएको नवौं विश्व सम्मेलन बहिस्कार गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार राजधानीको होटल हायातमा उद्घाटन गरेको सम्मेलन महतोले बहिस्कार गरेका हुन् ।

संघ स्थापनाको उद्देश्य विपरीत राजनीतिक ध्रुवीकरण बढेको भन्दै उनले सम्मेलन बहिस्कार गरेका हुन्। संघमा अनावश्यक राजनीतिक हस्तक्षेप भएको भन्दै उनले आफू सम्मेलनमा अनुपस्थित नभएको बताएका हुन्।

विश्वका विभिन्न देशमा छरिएर रहेका नेपालीहरूलाई एकताबद्ध गर्दै उनीहरुले आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजीलाई मातृभूमि नेपालको सामाजिक तथा आर्थिक विकासमा सदुपयोग गर्ने उद्देश्यले स्थापना भएको संघलाई राजतीतिक संगठन जस्तो बनाइएकोमा उनले आपत्ती जनाए।

सन् २००३ को अक्टोबर ११–१३ सम्म काठमाडौंमा सम्पन्न पहिलो विश्व सम्मेलनबाट डा. महतो अध्यक्षमा चुनिएका थिए।

यसपालीको सम्मेलनमा ८१ देशका २५ सय प्रतिनिधि सहभागी छन्। दुई दिने सम्मेलनले आगामी दुई वर्षका लागि संघको नयाँ नेतृत्व चयन गर्नेछ। संघका उपाध्यक्षद्वय कुमार पन्तले र कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन्।

प्रकाशित मिति: : 2019-10-15 15:53:12

प्रतिकृया दिनुहोस्