प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुनर्गठन गर्दै, ६ मन्त्रीको पद खतरामा!

फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठन गर्ने भएका छन्।

सोमबार बिहान बालुवाटारमा भएको छलफलका क्रममा सत्तारुढ नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई मन्त्रीमण्डल पुनर्गठन गर्न लागिएको जनाएका हुन् ।

नेकपा सचिवालयले मन्त्रीमण्डल पुनर्गठनबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री ओलीलाई नै दिएको थियो ।उनकै निर्णयअनुसार कम्तिमा पनि ६ जना मन्त्रीलाई हटाइने स्रोतले बतायो ।

स्रोतका अनुसार मन्त्रीहरु मात्रिका यादव, लालबाबु पण्डित, थममाया थापा, बिना मगर, युवराज खतिवडा, चक्रपाणी खनाल, शक्ति बस्नेत र रघुबीर महासेठबाट ६ जनालाई हटाइनेछ।

स्रोतका अनुसार पार्टी सचिवालयको बैठक सोमबार साँझ ५ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति: : 2019-10-14 15:56:17

प्रतिकृया दिनुहोस्