राष्ट्रपति सीको सम्मानमा रात्रिभोज, नेपाली परिकार प्रमुख ‘रेसिपी’

तस्बिरः रासस

नेपालको राजकीय भ्रमणमा रहेका चिनियाँ समकक्षी सी चिनफिङको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार साँझ राजकीय भोज आयोजना गरेकी छन् ।

सोल्टी होटेलमा आयोजित भोजमा नेपाली परिकारलाई प्रमुख ‘रेसिपी’ को रुपमा राखिएको छ ।

भोजमा बारा, मःमः लुक्ला सिमीसँग भटमास साँधेको राखिएको छ। यी परिकारसँग सुपको रुपमा कुरिलो र क्वाटीको सुपलाई समावेश गरिुएको छ ।

चिनियाँ राष्ट्रपति सीलाई मुख्य नेपाली खानाको रुपमा रहेको दाल, भात, तरकारी पनि चखाउने जनाइएको छ ।

भोजमा सुप, एपिटाइजर, मेन कोर्ष र डिजर्ट गरी चार तहमा खानाको परिकार राखिने भएको छ ।

उनलाई दिइने भोजमा नेपाली, चिनियाँ र युरोपेली स्वादको मिश्रणको प्रवन्ध गरिएको छ ।

रात्रिभोजमा सीका साथै चिनियाँ उच्च अधिकारी सहित करिब २५० जना पाहुना सहभागी हुनेछन्।

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, नेकपाका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु, राजनीतिक दलका प्रमुख नेताहरु, सुरक्षा निकायका प्रमुखहरु र केही व्यवसायीसमेत हुनेछन् ।

यस्तो छ राजकीय भोजको मेन्यू

प्रकाशित मिति: : 2019-10-12 20:45:21

प्रतिकृया दिनुहोस्