सबै सशस्त्र प्रहरी भवनहरुको नामाकरण अब अमर सशस्त्र प्रहरीको नामबाट गरिने

सशस्त्र प्रहरी

काठमाडौं ।  सशस्त्र प्रहरी बलले देशभर रहेका आफ्ना भवनहरुको नामाकरण अमर सशस्त्र प्रहरीहरुको नामबाट गर्ने भएको छ । राष्ट्र र नागरिकको सेवा र सुरक्षाका क्रममा कर्तव्य पालना गर्दागर्दै सहादत पालना गरेका अमर सशस्त्र प्रहरीको नामबाट भवनहरुको नामाकरण क्रमशः गर्दै लैजाने रणनीति सशस्त्र प्रहरीले बनाएको हो ।
सशस्त्र प्रहरी बलको स्थापना यता हालसम्म तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठसहित तीन सय १८ जना सशस्त्र प्रहरी कर्मचारीले सहादत प्राप्त गरिसकेका छन् ।

 

प्रकाशित मिति: : 2019-10-22 06:30:17

प्रतिकृया दिनुहोस्