कतारमा दुई वर्षदेखि नाकाबन्दी, तर 'खासै असर परेको छैन'

Photo Credit : AFP/GETTY IMAGES

विक्रम संवत् २०७२ सालमा नेपाल करिब पाँच महिना नाकाबन्दीमा पर्दा यहाँको सामाजिक, राजनीतिक तथा आर्थिक क्षेत्रमा निकै जटिल प्रभाव परेका थिए। अर्थतन्त्र त लगभग शून्य वृद्धिदरमै झरेको थियो।

तर नेपालले भूकम्पपछि बेहोरेको उक्त भारतीय नाकाबन्दीलाई खाडी मुलुक कतारमाथि हाल जारी नाकाबन्दीसँग तुलना गर्न नसकिने अर्थविद्हरूले बताएका छन्।नाकाबन्दीको सामना गर्न कतारले तत्काल चालेका कदम र अवलम्बन गरेको नीतिबाट नेपालले पाठ भने सिक्न सक्ने अर्थविद्‌ चन्दन सापकोटाको बुझाइ छ।

आतङ्कवादलाई सघाएको भन्दै साउदी अरब, संयुक्त अरब इमिरेट्स, इजिप्ट र बहरेनले कतारमाथि नाकाबन्दी गरेको दुई वर्ष नाघिसकेको छ।


सन् २०१७ को जुन महिनादेखि नाकाबन्दीमा रहेको कतारले आफूमाथि लगाइएको आरोपलाई सशक्त रूपमा अस्वीकार गर्दै आएको छ।

 

प्रकाशित मिति: : 2019-10-21 08:13:16

प्रतिकृया दिनुहोस्