सत्ता-परिवार छाडेर उनी एक्लै ‘विप्लव’ तिर

Photo Credit : FACEBOOK/SANTOSH SUBED

प्रहरीद्वारा दाङमा पक्राउ गरिएका नेत्रविक्रम चन्द ुविप्लवुको दलका नेता(कार्यकर्ता मध्ये सन्तोष सुवेदी पनि एकजना छन्। विप्लवको दल नेकपाको रोल्पा जिल्ला इन्चार्ज सुवेदीको राजनीतिक पृष्ठभूमिका रोचक छ।

विप्लव जस्तै उनी पनि यसअघि तत्कालीन एकीकृत नेकपा माओवादीमा थिए।करिब तीन वर्षअघि २०७२ साल चैतमा उनले प्रचण्डको दल छाडेको घोषणा गरेका थिए। उक्त दलको राप्ती ब्युरोको बैठकका क्रममा प्रहरीले केन्द्रीय सदस्यहरू सहितका नेता(कार्यकर्तालाई गिरफ्तार गरेको हो। दाङमा थुनामा रहेका अहिले उनीहरूबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

सुरक्षा अधिकारीहरूले मंसिर १४ गते हुने दाङ प्रदेश सभाको निर्वाचन क्षेत्र नम्बर ३ ९ख० को चुनावमा बाधा पुर्‍याउने लगायतका विषयमा बैठकमा छलफल गरिरहेको हुनसक्ने अनुमान गरेका छन्।

प्रकाशित मिति: : 2019-10-20 10:56:50

प्रतिकृया दिनुहोस्