तपोवनको ‘डेथ पार्क’ : मानव चेतनाको द्वार खोल्ने आनन्दमय स्रोत !

Photo Credit : Lokantar

इच्छाशक्तिले मात्र सम्भव नहुँदो रहेछ सबैथोक । ओशो आश्रम तपोवन जाने इच्छा धेरै पहिलादेखि थियो मेरो । लामो काठमाडौं बसाइ र व्यर्थको व्यस्तताको कारण तपोवन जान सम्भव भइरहेको थिएन ।

गत हप्ता तपोवन जाने साइत जुर्‍यो । तपोवनबारे सुनेको थिए, बुझेको थिए र त्यहाँ नपुगेर पनि त्यसको अनुतूति भने अवश्य गरेको थिएँ । तपोपनमा आफ्नो भौतिक उपस्थितिपश्चात समय निकालेर तपोवनमा घण्टौं बास गर्नुपर्छ भन्ने बोध भयो ।

तपोवन जाने मानिसको कमी छैन । हरेक जात धर्मका मानिस त्यहाँ जाने गर्छन् । अर्थात् त्यहाँ मानिसको राम्रै उपस्थिति हुन्छ । यद्यपि तपोवन पुगेर एक विशेष अनुभूति हुने गर्छ । त्यो हो मानिसको भीडमा पनि एकान्तपनाको अद्भुत अनुभूति ।

काठमाडौंको कोलाहल, प्रदूषित हावा र भौतिकवादको अन्तहीन यात्राभन्दा भिन्न किसिमको उर्जाले भरिएको नागार्जुनस्थित झरना, हरिया पहाड, चराको सुरिलो रागले अकल्पनीय आनन्द प्रदान गर्छ र सबैभन्दा महत्त्वपूर्ण आम मानिसले बुझेर पनि अबुझ जस्तो गर्ने मृत्यु जस्तो अन्तिम सत्यबारे तपोवनले चेतनाको द्वार खोलिदिन्छ । त्यसको स्रोत हो गत वर्ष तपोवनका संस्थापक एवं सञ्चालक स्वामी आनन्द अरुणको मष्तिस्कको उपज ‘डेथ पार्क’ ।

प्रकाशित मिति: : 2019-10-20 08:40:49

प्रतिकृया दिनुहोस्