एक हजार आईटी ल्याबमध्ये ९७ वटा आफ्नै जिल्लामा

फाइल तस्बिर

काठमाडौं । सरकारले साढे ३ अर्ब रुपैयाँ खर्च गरेर देशभरका १ हजार विद्यालयमा सामुदायिक सूचना प्रविधि प्रयोगशाला (आईटी ल्याब) स्थापना गर्दैछ । तर, आईटी ल्याब स्थापना गरिने विद्यालयको छनोटमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ‘आफ्नै हात जगन्नाथ’ को शैली अपनाएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषबाट रकम खर्चिने गरी ७७ वटै जिल्लाका समुदायिक विद्यालयमा सरकारले आईटी ल्याब स्थापना कार्यक्रम सञ्चालन गर्दैछ ।

मन्त्री बास्कोटाको गृहजिल्ला काभ्रेका ९७ सामुदायिक विद्यालयलाई यो कार्यक्रममा पारेको पाइएको छ । यसअनुसार कार्यक्रमको कुल बजेटको करिब १० प्रतिशत काभ्रेमा मात्रै खर्च हुने भएको छ । मन्त्री बास्कोटाको आफ्नो नगरपालिका मण्डन देउपुरका मात्र १२ वटा विद्यालयमा ल्याब स्थापना हुनेछ ।

प्रकाशित मिति: : 2019-10-19 08:36:07

प्रतिकृया दिनुहोस्