बाँसुरी बोकेर दरबार

बाँसुरीवादक ज्ञानबहादुर नेपाली

बागिना समूहको प्राङ्गणमा प्रशिक्षार्थीमाझ भेटिए बाँसुरीवादक ज्ञानबहादुर नेपाली। उनका दिनहरु आजकाल युवालाई प्रशिक्षण दिएरै बितिरहेका छन्। २०२७ मंसिर १९ गते बुवा चन्द्रबहादुर नेपाली र आमा रत्नकुमारी नेपालीको जेठो सन्तानको रुपमा जन्म लिएका ज्ञानबहादुर सानैदेखि गीत–संगीततर्फ आकर्षित भए।

सानोमा बाँस काटेर बाँसुरी बनाएर बजाउँथे। त्यही बाँसुरी नै उनका लागि जीवनभरको साथी बन्यो।

‘मेरो जीवन पनि यी नयाँ पुस्ताको जस्तै नै छ । साधना नै साधना । आखिर संगीतको अर्को नाम साधना नै हो। बालापनमै बाक्लो बाँसको झ्याङ्गमा बाँस काट्न गइयो। बाँसुरी बनाइयो, अहिले ज्ञानबहादुरको अर्को नाम बाँसुरी भएको छ।’

प्रकाशित मिति: : 2019-10-19 07:58:54

प्रतिकृया दिनुहोस्