नेपाल स्काउटको जग्गा निजी कम्पनीको कब्जामा : पदाधिकारीकै संलग्नतामा १६ रोपनी जग्गा अतिक्रमण

तस्बिरः राजधानी

काडमाडौं । नेपाल स्काउटका तत्कालीन पदाधिकारी र खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिको मिलेमतोमा लैनचौरस्थित स्काउटका नाममा रहेको १६ रोपनी जग्गा अतिक्रमणमा परेको खुलासा भएको छ । स्काउटका तत्कालीन पदाधिकारीलाई प्रभावमा पारेर कम्पनीले स्काउटको जग्गा कब्जामा लिएर आफ्नो स्वार्थअनुसार प्रयोग गरिरहेको पाइएको हो ।
काठमाडौं महानगरपालिका–२९ लैनचौरस्थित स्काउटको प्रधान कार्यालयसँगै रहेको सरकारी जग्गा भाडामा लगाउने क्रममा यस्तो अनियमितता भएको खुलेको हो । कम्पनीले भाडामा लिने क्रममा ३ रोपनीमा सम्झौता गरेको थियो तर स्काउटकै पदाधिकारीको मिलेमतोमा अवैध रूपमा अन्य ११ रोपनीभन्दा बढी जग्गासमेत उपयोग गर्दै आएको पाइएको छ ।

 

प्रकाशित मिति: : 2019-10-19 07:53:37

प्रतिकृया दिनुहोस्