सडकमा सास्ती

कोटेश्वर-एयरपोर्ट सडक खण्डमा साँझपख जाममा परेका सवारी । तस्बिर : उमा बिष्ट

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाको १०३ मा ‘जाम कहिले खुल्छ’ भन्दै दैनिक सयभन्दा बढी सडक प्रयोगकर्ताले सूचना माग्छन्। जवाफ एउटै हुने गर्छ– ‘सवारी साधनको चाप छ, हामी खुलाउँदै छौं।’

भक्तपुरबाट कोटेश्वर छिचोल्न कम्तीमा एक घण्टा लाग्छ। थापाथली हुँदै त्रिपुरेश्वरबाट कलंकी छिचोल्न ४५ मिनेट। महाराजगन्ज, चावहिल र गौशालाको अवस्था पनि उस्तै छ। सडक प्रयोगकर्ताले सडकमा सास्ती नखेपेको कुनै दिन छैन।

प्रकाशित मिति: : 2019-10-18 08:35:01

प्रतिकृया दिनुहोस्