गैरआवासीय नेपालीका व्यवहारबाट 'आजित' अन्तर्राष्ट्रिय विमानस्थल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुखले आफ्ना कर्मचारीविरुद्ध अभद्र व्यवहार र अध्यागमन डेस्क तोडफोड गरेका पाँच जनालाई कारबाहीका लागि सिफारिस गरिएको बताएका छन्।

प्रमुख अध्यागमन अधिकृत दीर्घनारायण पौडेलले नेपाली मूलका अस्ट्रेलियाली नागरिकले त्यस्तो गतिविधि गरेको बताएका छन्। 

विमानस्थलमा गैरआवसीय नेपालीका लागि अलग्गै अध्यागमन डेस्कको व्यवस्था गरिएको छ। 

तर गैरआवसीय नेपाली सङ्घले कानुन उल्लङ्घनलाई आफूले साथ नदिने बताउँदै यस बारेमा आधिकारिक जानकारी नभएको बताएको छ।

प्रकाशित मिति: : 2019-10-15 18:33:21

प्रतिकृया दिनुहोस्