दसैंमा साढे ९ अर्बका साना नयाँ नोट साटिए, ठूला दरका पोहोरकै जति

तस्बिरः नेपाल न्यूज

यसपालि दसैंमा साना दरका नयाँ नोट अघिल्लो वर्षभन्दा कम साटिए पनि ठूला दरका नोट भने पोहोरकै हाराहारीमा साटिएका छन्। मुलुकको केन्द्रीय बैंकका अनुसार ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ नोट पोहोरभन्दा ३ अर्ब कम साटिएका छन्। अघिल्लो वर्ष दसैंमा साना दरका १२ अर्ब ५० करोड रुपैयाँबराबरका नयाँ नोट साटिएका थिए। तर, यसपालि दसैंमा साढे ९ अर्बबराबरका साना दरका नयाँ र सुकिला नोट साटिएका थिए।

प्रकाशित मिति: : 2019-10-13 17:42:13

प्रतिकृया दिनुहोस्