यस्तो हुनेछ फिल्मकर्मीको दसैं

घर–परिवारबाट टाढिएर सहर छिरेका हुन् या विदेशिएका, दसैंका बेला सबै नेपाली आ–आफ्नो गाउँघर फर्किरहेका छन्। पेसा–व्यवसायी, विद्यार्थी, कर्मचारी, राजनीतिक दलका व्यक्तिलगायतलाई दसैंले छोएको छ।

तर यही बेला कलाकर्मीको भने भिन्न जीवन हुन्छ। वर्ष दिनमा एकपटक आएको चाडवाडमा फुर्सदका दिन बिताउनुपर्नेमा कलाकर्मीलाई भ्याइनभ्याइ हुन्छ।

साङ्गीतिक तथा साँस्कृतिक कार्यक्रममा प्रस्तुतिका लागि उनीहरू स्वदेश तथा विदेशमा व्यस्त हुन्छन्। विदेशमा बसोबास गर्ने अथवा घर फर्कन नपाएका नेपालीलाई मनोरञ्जन प्रदान गर्न विदेश गएका हुन्छन्।

यसरी चाडपर्वमा परिवारसँग भन्दा साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रममा व्यस्त हुने कलाकर्मीले यस वर्षको दसैं कसरी मनाउँदैछन् त?

प्रकाशित मिति: : 2019-10-06 06:21:46

प्रतिकृया दिनुहोस्