‘चाबी ठोकेर गाउँ जाँदै हुनुहुन्छ ? फेसबुकमा नलेखौं !’

दशैंका बेला शहरमा रहेको डेरा वा घरमा तालाचाबी ठोकेर गाउँतिर जाने चलन अधीक छ । यस्तो बेलामा रित्तो घरमा चोर छिर्ने पो हो कि भन्ने चिन्ता घरबेटी र प्रहरी दुबैलाई हुन्छ ।

यसै सन्दर्भमा हामीले केन्द्रीय प्रहरी प्रवक्ता डीआइजी विश्वराज पोखरेललाई दशैंको सुरक्षा प्रवन्ध नेपाल प्रहरीले कसरी गरिरहेको छ भनेर चासो राख्यौं । प्रवक्ता पोखरेलले दशैंका बेला कोठामा चाबी ठोकेर घरतिर जाँदा फेसबुक लगायत सामाजिक सञ्जालमा लेखेर नहिँड्न आम नागरिकसँग आग्रह गरेका छन् । घरै बन्द गरेर जाने हो भने नजिकैको प्रहरीलाई जानकारी गराएर जानु राम्रो हुने पोखरेलको सुझाव छ ।

प्रकाशित मिति: : 2019-10-05 18:48:02

प्रतिकृया दिनुहोस्