जनयुद्ध कमान्डर पुस्ताको अवसान : ‘यौन काण्ड’ देखि विभाजनका शृङ्खलासम्म

तत्कालीन माओवादीले मुलुकको राजनीतिक इतिहास परिवर्तनमा जुन गतिमा फड्को मार्‍यो, त्यही गतिमा नै माओवादी ‘जनयुद्ध’का ‘कमान्डर’ पुस्ताको अवसान पनि भइरहेको छ।

‘यौन प्रकरण’मा कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएको घटनासम्म आइपुग्दा ‘जनयुद्ध कमान्डर पुस्ताको लगभग अवसान’ भइसकेको मात्रै छैन, यो समाप्तीसरहकै अवस्था हो।

५–६ वर्ष अघिसम्म मुलुकको निर्णायक भूमिकामा रहेका ‘माओवादीको पहिलो पुस्ता’ आजकाल न त निर्णायक भूमिकामा छन्, न कुनै प्रभावशाली स्थानमा।

बरु, कुनै न कुनै काण्ड लागेर अथवा ‘पुग्नै नसकिने लक्ष्य बोकेर बाटो भुलिरहेको’ अवस्था पुगेका छन्। आपसमा मेल त छँदैछैन, झन राजनीतिक संस्कार भुलेर हिलो छ्यापा–छ्याप र आरोप–प्रत्यारोपमा उत्रिएका छन्। जस्तो कि, महरा यौन प्रकरणमा मुछिएपछि बाबुराम भट्टरार्ईले उनलाई कारबाही गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमा चार–चारवटा पोस्ट गरे।

प्रकाशित मिति: : 2019-10-05 18:31:39

प्रतिकृया दिनुहोस्