पुनर्निर्माणमा भारतले घोषणा गरेको १ खर्बमा ५० अर्बभन्दा नआउने भयो : सुशील ज्ञवाली [अन्तर्वार्ता]

तस्बिरः नेपाललाइभ

२०७२ सालको भूकम्पपछिको पुनर्निमार्णका लागि स्थापित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्व पाल्पाका इन्जिनियर सुशील ज्ञवालीले गरिरहेका छन्। सोही वर्ष पुसमा पहिलोपटक प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत भएका ज्ञवालीलाई पुष्पकलम दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारले २०७३ सालको पुसमा पदमुक्त गरिदियो। केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार शक्तिमा आएपछि प्राधिकरणमा फेरि फर्किएका ज्ञवालीको कार्यकाल अब करिब १६ महिना बाँकी छ। यो साढे ४ वर्षमा उनको नेतृत्वमा साढे ४ लाखभन्दा धेरै घर, ५ हजारभन्दा धेरै विद्यालय बनेका छन्। सम्पदा पुनर्निर्माणको काम पनि अघि बढिरहेको छ। पुनर्निर्माणको कामले तीव्रता लिएको बताइरहे पनि महत्वपूर्ण २ सम्पदा धरहरा र रानीपोखरीको काममा ढिलाइ भएको भन्दै आक्रोश पनि बढि नै रहेको छ। पुनर्निर्माणसँग सम्बन्धित विविध पक्षमा नेपाल लाइभका सविन मिश्रले ज्ञवालीसँग गरेको कुराकानी: 

एउटा सामान्य प्रश्नबाट तपाईंसँग कुरा थाल्छु। भूकम्पको करिब साढे ४ वर्षमा साढे ४ लाख घर बनेछन्। पुनर्निर्माण प्राधिकरणले पनि तपाईंलाई दोहोर्‍याएर प्रमुख कार्यकारी अधिकृतको रुपमा पाएको छ। यो संस्थाको नेतृत्व गरेको हिसाबले तपाईं सन्तुष्ट हुनुहुन्छ?
सन्तुष्टिको विषय कहाँनेर छ भने हामी कस्तो अवस्थाबाट गुज्रिएर यो दिनमा आयौँ भन्ने हेर्नुपर्छ। सन्तुष्टि र असन्तुष्टिको विषय त्यसैसँग गाँसिएर जान्छ। जुन संक्रमणकालको अवस्थाबाट गुज्रिएर नेपालमा पुनर्निर्माणको काम अघि बढ्यो, त्यो परिवेशलाई हेर्दा हामीले अहिलेसम्म गरेको प्रगतिलाई सन्तोषजनक ठान्नुपर्छ जस्तो मलाई लाग्छ।

 

 

प्रकाशित मिति: : 2019-09-29 16:37:11

प्रतिकृया दिनुहोस्