पाेखरा र भैरहवालाई २२ अर्ब, निजगढ विमानस्थललाई शून्य

नेपाल नागरिक उडड्यन प्राधिकरणले बाराको निजगढमा निर्माण चरणमा रहेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका लागि बजेट विनियोजन गरेन। सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा लिए पनि प्राधिकरणले चालु आर्थिक वर्ष २०७६/७७ को बजेटमा निजगढलाई रकम विनियोजन नगरेको हो।

प्राधिकरणले बजेट तथा योजना सार्वजनिक गर्दै निजगढको काम अघि बढ्न नसकेकाले रकम विनियोजन नगरेको महानिर्देशक राजन पोखरेले बताए।

प्रकाशित मिति: : 2019-09-19 17:31:00

प्रतिकृया दिनुहोस्