चीनले सिसापाङ्मा बन्द गर्दा मनास्लुमा आरोहीको भीड

मनास्लु आधारशिविरको तस्विर। तस्बिरः नेपाल न्यूज

चीनले यो वर्ष ८ हजार २७ मिटर अग्लो सिसापाङ्मा हिमाल आरोहण बन्द गरेपछि आरोहीहरू ८ हजार १ सय ६३ मिटर उचाइको मनास्लु हिमालतिर लागेका छन्।पर्यटन विभागका अनुसार मंगलबारसम्म २५ आरोहण दलबाट २ सय ५० जनाले मनास्लु आरोहण अनुमति पाएका छन्। सम्भवतः यो मौसममा मनास्लु आरोहण अनुमति लिनेको संख्या इतिहासकै धेरै हो।

एक वर्षदेखि नै हिमाल आरोहणका लागि आरोहीले योजना बनाउने गर्छन्। त्यसैले सिसापाङ्मा आरोहण योजना मनास्लु आरोहणमा सारेको फोर्टिनपिक एक्सपिडिसनका प्रमुख टासिल्हाक्पा शेर्पाले बताए। विभाग महानिर्देशक डण्डुराज घिमिरेका अनुसार ११ हिमाल आरोहण गर्न ३८ दलका ३ सय ३९ ले अनुमति पाएका छन्। तीमध्ये मनास्लुमा मात्र २ सय ५० आरोही रहेका छन्।

प्रकाशित मिति: : 2019-09-11 07:45:29

प्रतिकृया दिनुहोस्