मुस्कान खातुनको मुर्झाएको अनुहार

काठमाडौँ– गत शुक्रबार (भदौ २० गते) बिहान करिब ६ बजेतिर घरबाट विद्य‌ालय हिँडेकी १४ वर्षीया मुस्कान खातुनमाथि वीरगञ्जमा एसिड प्रहार भयो।

कक्षा ९ मा पढ्दै गरेकी वीरगञ्ज छप्कैया– ३ की मुस्कानले एक युवकको प्रेम प्रस्ताव अस्वीकार गर्दा उनीमाथि एसिड प्रहार भएको थियो। नारायणी अस्पतालमा भएको प्राथमिक उपचार पश्चात यतिबेला काठमाडौँको कीर्तिपुर अस्पतालमा उनको थप उपचार भइरहेको छ।

अस्पतालको सघन (आइसीयु) कक्षमा पुग्न भुईँतलाबाट भर्‍याङका खुड्किला चढ्दै जाँदा दुई मिनेट लाग्छ। भर्‍याङ सकिने बित्तिकै बाँयातर्फ हेर्दा सघन कक्ष देख्न सकिन्छ। त्यही सघन कक्षमा राखिएको छ, मुस्कान खातुनलाई। सघन कक्षको तीनवटा ढोका पार गरेर जाँदा तेस्रो ढोकाको मुखैमा रहेको ४०६ नम्बरको बेडमा छिन्, मुस्कान। बेडमा निलो रङको कपडा लगाएर सुतिरहेकी मुस्कानका झुन्ड्याइएका दुवै हातको दृश्य हेर्दा पीडादायी देखिन्छ। उनको हातदेखि घाँटीसम्म ब्यान्डेज गरिएको छ। उनको छेउमा घरी बुवा रसुल अन्सारी पुग्छन् त, घरी आमा सहनाज खातुन अन्सारी पुग्ने गर्छिन्।

प्रकाशित मिति: : 2019-09-10 19:11:55

प्रतिकृया दिनुहोस्