शिक्षा-स्वास्थ्य र राज्य पुनःसंरचनाको खाका बिपी सरकारकै पालामा

तस्बिरः नेपाल न्यूज

शिक्षा र स्वास्थ्य

शिक्षाको प्रसंगमा टड्कारो रूपमा देखिने नीति भनेको २०२८ सालको नयाँ शिक्षा योजना हो। यो शिक्षा नीति ल्याइनुको मूल प्रयोजन के थियो भन्ने यसको उद्देश्य हेर्दा थाहा हुन्छ। प्रमुख उद्देश्य भन्छ- देश र राजमुकुटप्रति वफादार र पञ्चायती व्यवस्थाप्रति उत्तरदायी नागरिक उत्पादन गर्नु नयाँ शिक्षा प्रणालीको उद्देश्य रहेको छ। यस प्रकारको शिक्षा नीति २०१२ सालमा पनि अख्तियार गरिएको थियो। जतिबेला महेन्द्र राजा भइसकेका थिए।

 यो पनि हेर्नुहोस्

 बिपीकाे १०५ ओै जन्मजयन्ती 

तर, शिक्षाको इतिहास त्यति सिधामात्र छैन। सबै तहको शिक्षाका बारेमा केही उल्लेखनीय तयारी बिपी नेतृत्वको सरकारले गरिसकेको प्राप्त तथ्यले पुष्टि गर्छन्। उच्चशिक्षाको विकासका लागि त्रिभुवन विश्वविद्यालयको स्थापना र सञ्चालन बिपी नेतृत्वको सरकारले गरेको थियो। सरकारका उपप्रधान तथा अर्थमन्त्री सुवर्णशमशेर नै उक्त विश्वविद्यालयको प्रथम उपकुलपति नियुक्त भएका थिए।

 

प्रकाशित मिति: : 2019-09-10 07:48:08

प्रतिकृया दिनुहोस्